प्रेमचन्द्र झा
रौतहट ।। गौर घटनाको छानबिन र प्रस्तावित भूमि विधेयकसम्बन्धी सर्वोच्च अदालतको आदेशलाई ‘राजनीतिक षड्यन्त्र’ को संज्ञा दिंदै जनता समाजवादी पार्टी (जसपा) ले आज गौरमा विरोध प्रदर्शन गरेको छ।
जसपाले मधेशी क्रान्ति चौकबाट विरोध जुलुस निकाल्दै सर्वोच्चको आदेश र भूमि विधेयकविरुद्ध कडा असन्तुष्टि जनायो। प्रदर्शनका क्रममा ‘गौर घटनाका मुख्य योजनाकार प्रभु उपर कारवाही गर’, ‘भूमि विधेयक खारेज गर’, ‘मधेसी एकता जिन्दाबाद’ लगायतका नारासमेत लगाइएका थिए ।
जुलुस जसपा रौतहटका अध्यक्ष राजिव रंजन यादवको नेतृत्वमा निकालिएको थियो। गौरको विपी चौकमा कोणसभामा परिणत भएको थियो सो कोण सभामा जसपा केन्द्रीय सदस्य योगेन्द्र यादव सहितका वक्तले देशको सार्वजनिक भुमि गलत प्रक्रियाबाट वितरण गर्न लागेको कुरालाई बदर गर्न माग गरेका छन।
यसले मधेशी जनताको भावना कुण्ठित पार्न खोजिएको छ।”
प्रदर्शनमा पार्टीका स्थानीय नेता, कार्यकर्ता तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।
Home प्रदेश समाचार मधेश प्रदेश गौर घटनाको छानबिन र भूमि विधेयक विरुद्ध जसपाको राैतहटमा विरोध प्रदर्शन
गौर घटनाको छानबिन र भूमि विधेयक विरुद्ध जसपाको राैतहटमा विरोध प्रदर्शन
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।