काठमाडाैं ।। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सहकारी ठगीको मुद्दामा राखिएको थुनामुक्तिका मागका लागि उच्च अदालतमा निवेदन दिएका छन् ।
उनी रुपन्देही जिल्ला अदालतले तोकेको एक करोड धरौटीमा रिहा गरिसकेको अवस्थामा उच्च अदालत तुलसीपुरको बुटवल इजलासकै आदेशअनुसार पुर्पक्षका लागि थुनामा छन् ।
सर्वोच्च अदालतले ९ जेठमा उच्च अदालतको आदेश सदर गरेपछि लामिछाने थुनामै रहेका थिए । सर्वोच्चको आदेश भइसकेको अवस्थामा पनि उनले जिल्ला अदालत रुपन्देहीमा बिगो बमोजिम धरौटी राखेर थुनामुक्त हुने माग राखेका हुन् ।
उनले निवेदनमा आफ्नो भागको बिगो २ करोड ७४ लाख ८४ हजार कायम राखेर बैंक ग्यारेन्टीसहित थुनामुक्त हुन अनुमति दिन आग्रह गरेका छन् । तर, जिल्ला अदालतले सर्वोच्चबाट आदेश भइसकेको विषयमा जिल्ला अदालतले आदेश उल्टाउन नसक्ने, नयाँ तथ्य–प्रमाण पेश नभएको र कानुनअनुसार अभियोग खण्डित हुने अवस्था नरहेको भन्दै लामिछानेको माग अस्वीकार गरेको थियो ।
लामिछानेले यस आदेशविरुद्ध पुनः उच्च अदालतमा निवेदन दायर गरेका छन् । उनका अनुसार आफ्नो भागको बिगो बराबर धरौटी बुझाए पनि जिल्ला अदालतले रिहा नगरेको अवस्थामा उच्च अदालतमा निवेदन दिन आवश्यक भएको हो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here