रौतहट ।। लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का वरिष्ठ नेता अनिलकुमार झाले पार्टी छाडेका छन् । विद्यार्थी जीवन देखि मधेशका राजनीति सुरु गरेका वरिष्ठ नेता झाले एक महिना अघि नै पार्टीबाट राजीनामा दिएको पुष्टि भएका हुन् ।
पार्टी अध्यक्ष महन्थ ठाकुर निकट नेता सुरेन्द्र झाका अनुसार, अनिलकुमारले एक महिना अघि दिएको राजीनामा स्वीकृत भइसकेको छ । लोसपामा लामो समय देखि निष्क्रिय रहेका झा पार्टीका बैठकमा समेत सहभागी हुन छोडेका थिए । वरिष्ठ नेता झा २०७४ सालको निर्वाचनमा रौतहट क्षेत्र नं. १ बाट प्रत्यक्ष निर्वाचित सांसद बनेका थिए र खानेपानी मन्त्रीको जिम्मेवारी समेत सम्हालेका थिए । तर, उनले नेकपा एसका अध्यक्ष माधवकुमार नेपालको लागि क्षेत्र छाडेर धनुषाबाट २०७९ को निर्वाचनमा उनी पराजित भएको थियो । झाले नेपाल सद्भावना पार्टीबाट राजनीति सुरु गरेका थिए ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here