गौर ।। रौतहट उद्योग वाणिज्य संघको हालै सम्पन्न निर्वाचनबाट निर्वाचित पदाधिकारीहरूले बुधबार एक भव्य समारोहका बीच पद तथा गोपनीयताको सपथ लिएका छन्। संघको गौरस्थित सभा कक्षमा आयोजित कार्यक्रममार्फत नयाँ नेतृत्वले तीन वर्षे कार्यकालको औपचारिक सुरुवात गरेको हो।कार्यक्रममा प्रमुख निर्वाचन संयोजक वृजकिशोर यादवले निर्विरोध निर्वाचित अध्यक्ष रवीन्द्रनाथ गोपालीलाई सपथ ग्रहण गराए। अध्यक्ष गोपालीले त्यसपछि सम्पूर्ण निर्वाचित सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ खुवाएका थिए।कार्यक्रमका प्रमुख अतिथि तथा प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले उद्योग वाणिज्य क्षेत्रलाई राष्ट्रको मेरुदण्डको रूपमा चित्रण गर्दै उद्योगी–व्यवसायीहरूलाई इमान्दारीपूर्वक काम गर्न आग्रह गरे। “राज्यको नीति निर्देशनअनुसार सहकार्य गर्दै अघि बढ्न सक्ने क्षमताको विकास गर्न आवश्यक छ,” खड्काले बताए।पूर्व अध्यक्ष देवप्रयाग गुप्ता, पूर्व महासचिव राजकिशोर यादव, गौर नगरपालिका–५ का वडाध्यक्ष शिवशंकर गुप्ता, नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष संजयकुमार कार्की, घरेलु कार्यालय प्रमुख रिंकी जयसवाल, करदात सेवा कार्यालय गौरका प्रमुख रेशम तमाङ्ग, नवनिर्वाचित सदस्य सन्तोष केसरी लगायतका वक्ताहरूले नव निर्वाचित नेतृत्वलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।कार्यक्रममा नेपाल प्रहरीका एसपी नेत्रमणी गिरी, सशस्त्र प्रहरी उपरीक्षक सन्तोषकुमार बस्नेत, राष्ट्रिय अनुसन्धान विभागका उपनिर्देशक कुमार बुढाथोकी, निर्माण व्यवसायी संघका कोषाध्यक्ष विक्रान्त नेपाल ‘पालु’, नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष प्रेमचन्द्र झा र रविन्द्र साह सहित संघका पूर्व पदाधिकारीहरू, स्थानीय व्यवसायीहरू तथा सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
राैतहट उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीले लिए शपथ
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।