रौतहट। रौतहट उद्योग वाणिज्य संघको सम्पन्न निर्वाचनबाट अध्यक्ष रवीन्द्रनाथ गोपालीको प्यानले विजयी हाँसिल गरेका छन् ।पदाधिकारी छनौटको क्रममा सबै भन्दा बढि मत ल्याएर सन्तोष केसरी विजयी भएका हुन् ।
संघको अध्यक्ष पदमा गोपालीलाई अध्यक्ष पदमा सर्वसहमतीबाट निर्विरोध चयन गरेपनि पदाधिकारी चयन गर्नका निमित्त ११ जना सदस्य पदका लागि सहमती नजुटेपछि हिजो शनिवार मतदान प्रक्रियाबाट निर्वाचन भएका थिए ।
शनिवार राति अबेर मतगणना भएपछि अध्यक्ष गोपालीको प्यानले क्लीन स्वीप गरे । ११ जना सदस्य पदमा भएको मतदान पछि मतगणना अनुसार सबै भन्दा बढि मत सन्तोष केसरीले ल्याएर विजयी भएको छ । केसरीले ५३७ मत प्राप्त गर्न सफल भए ।
यसैगरी ७३८ वटा मतपत्र खसेकोमा रितेश अग्रवालले ५०६, चन्द्रप्रकाश अग्रवाल ४९६, विनोद कुमार ४९४, राजु जयसवाल ४८१, सुनिल जयसवाल ४७७, भैरव साह ४७२, मनोज कुसवाहा ४६९, विजय कुशवाहा ४०२, दिपेन्द्र झा ३८८ र अभिमन्यु गुप्ता ३८५ प्राप्त गरेर रौतहट उद्योग वाणिज्य संघको पदाधिकारी सदस्य पदमा निर्वाचित हुनु भएको प्रमुख निर्वाचन संयोजक वृजकिशोर यादवले जानकारी दिए ।
धेरै समय देखि रौतहट उद्योग वाणिज्य संघको साधारण सभा अनिर्णयको वन्दी बनेको अवस्थामा शनिवार सम्पन्न भएको हो ।
त्य्स्तै नवनिर्वाचित सदस्य सन्तोष केशरीले रौतहट उधोग वाणिज्य संघ गौरको नयाँ नेतृत्व चयन प्रक्रिया अन्तर्गत सम्पन्न निर्वाचनमा आफ्नो अमुल्य मत प्रदान गरि म सहित मेरो सम्पुर्ण प्यानललाइ निर्वाचित गराउने रौतहट जिल्लाका समस्त व्यापारी, उधोगी, सुरक्षा निकाय, राजनीतिक दल, संचारकर्मी, संघसंस्थालाई धन्यवाद दिनु भएको छ । निर्वाचित नयाँ टिमले यस रौतहट उधोग वाणिज्य संघलाइ सबै ब्यापारीको साझा संघको रुपमा अगाडि सार्दै लैजाने केशरीले प्रतिबद्धता समेत व्यक्त गरेका छ्न ।
