रौतहट ।। रौतहटको माधवनारायण नगरपालिकाले १० नगरअधिवेशन भव्यताका साथ सम्पन्न गरेकाे हाे । आगामी आर्थिक वर्ष २०८२ र २०८३ का लागि ५३ करोड ३५ लाख भन्दा बढी बजेट सार्वजनिक गरेका हुन् । माधवनारायण नगरपालिकाले १० औं नगरसभा द्वारा नगरको समग्र विकासका लागि ५३ करोड ३५ लाख ८९ हजार रुपैयाँ बजेट नगरप्रमुख बैजनाथ प्रसाद यादवले प्रस्तुत गरे । नगरसभामा माधवनारायण नगर प्रमुख यादवले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेको छ । आगामी आर्थिक वर्षमा नगरको समग्र विकासका लागि अनुमानित ५३ करोड भन्दा बढी आय व्यय सहितको बजेट प्रस्तुत गरेको नगर प्रमुख यादवले बताए ।

राजस्व बाँडफाँटबाट प्राप्त रकम संघ र प्रदेशको रकमका साथै संघीय सरकारबाट समानीकरण अनुदान, ससर्त अनुदान चालूरपुँजीगत, विशेष अनुदान पुँजीगत र समपूरक अनुदान पुँजीगत, प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण, ससर्त अनुदान, विशेष अनुदान र समपूरक अनुदान गरी उक्त बजेट प्रस्तुत गरिएको उनले बताए ।

नीति, कार्यक्रम तथा बजेटमा कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिँदै यस आर्थिक वर्षमा यी तीनै महत्वपूर्ण विषयका साथै माधव नारायणको धार्मिक, ऐतिहासिक र पर्यटकीय विकासको क्षेत्रमा समेत उल्लेख्य सकारात्मक कदम उठाउने बताइएको छ ।

सम्पन्न नगरसभामा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र राय यादव, सबै वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, सबै नगरसभा सदस्यहरू, कर्मचारी, पत्रकार, प्रहरी लगाउतको सहभागितामा भव्य रुपमा नगर अधिवेशन सम्पन्न भएको बताए ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here