पोखारा ।। प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको व्यवस्थामात्रै नभएर अवस्था पनि परिवर्तन भएको दाबी गरेका छन् । बिहीबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहलाई कुलपतिको हैसियतले सम्बोधन गर्दै उनले भने,‘यो के अवस्था परिवर्तन होइन ?’
उनले मुलुकमा अनेक क्षेत्रमा परिवर्तन र प्रगति हासिल हुँदै गएकाले ऋषिमुनीले भन्दै आएको ‘सर्वे भवन्तु सुखिनः’ को आधुनिक रूप ‘समृद्ध नेपाल, सुखी नेपाली’ को गन्तव्यलाई ध्यानामा राखेर आफूले काम गरिरहेको स्पष्ट पारे । ओलीले व्यवस्था परिवर्तन भयो, अवस्था परिवर्तन भएन भन्नेलाई प्रतिष्ठानको स्थापना र पोखरामै रहेर जनशक्ति उत्पादन हुनु एक दृष्टान्त भएकाले पोखरामा १४ जना बिरामीको मिर्गौला प्रत्यारोपण हुनु विशेष उपलब्धि भएको बताए । उनले विश्वको यो भूभाग ज्ञान र खोजको भूमि भएकाले आधुनिक चिकित्सा सुरू हुनुअगावै वेद–विज्ञान र प्राचीन चिकित्सा आरम्भ भएको गौरवशाली इतिहास रहेको स्मरण गराए ।
‘हामी उठन् नसक्ने कुनै कारण छैन। हामी सूचना प्रविधि र आर्टिफिसियल इन्टेलिजेन्सको सदुपयोग गर्दै विकासमा अगाडि बढ्नेछौँ,’ प्रधानमन्त्री ओलीले भने,‘चीनले त्यत्रो जनसंख्यालाई छोटो समयमा गरिबीको रेखामुनिबाट उठायो। हामीले पनि हाम्रो देश आफैँ बनाउन लाग्नुपर्छ । लागेपछि नेपाल बन्छ ।’ प्रतिष्ठानबाट एमडी र एमएसमा उतीर्ण ३८ विद्यार्थी दीक्षित भएका छन्। कुलपति ओलीले उत्कृष्ट विद्यार्थी अरविन्दकुमार साह (अर्थोपेडिक्स) र आशिष सापकोटा (जनरल सर्जरी) लाई उपकुलपति पदक वितरण गरे ।
विश्वविद्यालयका सहकुलपति एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले कारोलिनस्का इन्स्टिच्युट स्टकहोम, स्वीडेनका प्राध्यापक माग्नुस वेस्ग्रेनले दीक्षान्त समारोहमा सम्बोधन गरेका थिए ।
मुलुकको व्यवस्थामात्रै नभएर अवस्था पनि परिवर्तन भएको छ : प्रधानमन्त्री ओली
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।