काठमाडाैं ।। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले आज अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।
नेपाली कांग्रेसको समर्थनमा ओली संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । ओली चौथो पटक प्रधानमन्त्री पदमा नियुक्त भएका हुन् ।
नवनियुक्त प्रधानमन्त्री ओलीसहित मन्त्रीहरूको शपथ सोमबार बिहान ११ बजे शितल निवासमा हुनेछ ।
गत असार १७ गते कांग्रेस र एमालेबीच राष्ट्रिय सहमतिको सरकार गठन गर्नेलगायत सहमति भएको थियो। त्यसपछि एमाले र जनता समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए ।
अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत शुक्रबार प्रतिनिधि सभामा राखेको विश्वासको मतसम्बन्धी प्रस्ताव अस्वीकृत भएपछि उनी पदमुक्त भएका थिए । नवनियुक्त‍ प्रधानमन्त्रीको सपथ ग्रहण सोमबार बिहान ११ बजे हुने तय भएको राष्ट्रपति कार्यालयले जनाएको छ। शितल निवासमा एक समारोहका बीच प्रधानमन्त्री ओलीले पद तथा गोपनीयताको सपथ लिनेछन्।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here