रौतहट ।। रौतहटको छुट्टाछुट्टै स्थानमा दुई जनाको शव फेला परेको छ । जिल्लाकाे माधव नारायण नगरपालिका ९ गढो गाउँ नजिकै बागमती नदी किनारमा आइतबार एक जना पहिचान नखुलेको अन्दाजी ५३ वर्षीय पुरुषको शव फेला परेको थियाे।
सशस्त्र प्रहरी ११ नम्बर हेक्वा रौतहटबाट गएको टोलीले उक्त शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल गौरमा पठाएको छ । त्यस्तै यमुनामाई गाउँपालिका ४ स्थित साँझ खोला किनारमा पनि सोमवार एक जना अपरिचित ३० बर्सिया महिलाको शव फेला परेको थियो । स्थानीयको सूचनाको आधारमा सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट बेलबिछावा र हेक्वाबाट गएको संयुक्त टोलीले महिलाको शव पनि पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा पठाएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी विक्रम हुमागाईंले बताएका थिए ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here