काठमाडौं ।। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सरकारमा जाने भएका छन्। उपप्रधान तथा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी लिएर अध्यक्ष यादव सरकारमा जान लागेका हुन्। जसपा प्रवक्ता मनिष सुमनका अनुसार बाँकी दुई मन्त्री छान्ने जिम्मा अध्यक्ष यादवलाई नै दिइएको छ । वन मन्त्रालयमा प्रदीप यादव र नवलकिशोर साहमध्ये एकलाई पठाउने तयारी छ भने सुशीला श्रेष्ठलाई राज्यमन्त्रीमा पठाउने निर्णय गरेको छ । प्रवक्ता सुमनका अनुसार नयाँ गठबन्धनको हस्ताक्षरकर्ता जसपा भएकाले गठबन्धनलाई पूर्णरूपमा सहयोग र समर्थन रहने बताए । मधेस प्रदेश सरकारको सुरक्षणको ग्यारेन्टी भएकाले सरकारमा मन्त्रीहरूको नाम पठाउने निर्णय भएको उनले बताए ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।