काठमाडौं ।। नेकपा (एकीकृत समाजवादी)ले सरकारमा जाने तयारी गरेको छ । सत्ता गठबन्धनका दलहरूको निरन्तरको प्रयासपछि एकीकृत समाजवादी सरकारमा जान तयार भएको हो । तर, मन्त्रालय भागबन्डाको विषयमा सहमति भइसकेको छैन । त्यसका लागि पार्टी अध्यक्ष माधव नेपाल‚ महासचिव घनश्याम भुसाल र उपाध्यक्ष प्रमेश हमाल गठबन्धनका नेताहरूसँग छलफल गर्न गएका छन् । आज बसेको सचिवालय बैठकपछि उपमहासचिव जगन्नाथ खतिवडाले सरकारमा सहभागी हुन आफूहरूले विभिन्न सर्त राखेको दाबी गरे । तर, मूल विषय मन्त्रालयको भागबन्डा नै रहेको एकीकृत समाजवादीका एक नेताले बताए । उनका अनुसार पार्टीले प्रधानमन्त्री र सत्ता गठबन्धनबाट आएको प्रस्तावमा सकारात्मक भएको निष्कर्ष निकालेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here