जनकपुर ।। मधेश प्रदेशका सांसद अभिराम शर्माले प्रदेश सभाबाट पाउँदै आएको सबै सेवा सुविधा रोक्का भएको छ ।
२०७२ को मधेश आन्दोलनमा मारिएका सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा महोत्तरी जिल्ला अदालतले २८ मंसिरमा शर्मासहितलाई जन्मकैदको सजाय सुनाएको थियो ।
सांसद शर्मा लोसपाका मधेश प्रदेश सभाका संसदीय दलका नेता हुन् । उनले प्रदेश सभामा सत्ता पक्षका दलका प्रमुखको रुपमा विभिन्न प्रकारका सेवा सुविधा पाउँदै आएका थिए । थमन विकको हत्या आरोपमा शर्मासहित ७ जनाविरुद्ध जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको थियो ।
शर्मा महोत्तरी क्षेत्र नं। ३ ९क०बाट दोश्रो पटक प्रत्यक्ष निर्वाचित छन् । यसअघि २०७४ को निर्वाचनमा सोही क्षेत्राट जितेका शर्मा मुख्यमन्त्री लालबाबु राउतको सरकारमा सामाजिक विकास राज्यमन्त्री बनेका थिए ।
जिल्ला अदालतको फैसलापछि सांसद शर्मा फरार छन् । अदालतको आदेशको पूर्णपाट सार्वजनिक भएपछि उनले उच्च अदालतमा पुनरावेदन दिने तयारी गरेको उनीनिकट स्रोतले जनाएको छ । लोसपाले उक्त फैसलालाई राजनीतिक रुपमा पूर्वाग्राही भन्दै विरोध गरिरहको छ ।
Home प्रदेश समाचार मधेश प्रदेश जन्मकैदको सजाय पाएका मधेश प्रदेशका सांसद शर्माले पाउँदै आएको सबै सेवा सुविधा...
जन्मकैदको सजाय पाएका मधेश प्रदेशका सांसद शर्माले पाउँदै आएको सबै सेवा सुविधा रोक्का
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।