काठमाडौं ।। नेपाली कांग्रेसका नेता शशाङ्क कोइरालाले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउन भनेका छन् । बिहीबार नवलपुरको कावासोतीमा नेपाल प्रेस युनियनद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, “अब गठबन्धनको पूर्वसहमतिअनुसार माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउनुपर्छ ।” पुष्पकमल दाहाल ‘प्रचण्ड’नेतृत्वको सरकार असफल भएको उल्लेख गर्दै उनले भनेका छन्, “यो सरकारसँग कोही पनि खुसी छैनन् । यो भनेको अब प्रचण्ड नेतृत्वको सरकार असफल भयो भन्ने हो । त्यसैले कुनै ढिलो नगरी पूर्वसहमतिअनुसार माधव नेपाललाई प्रधानमन्त्री बनाउनुपर्छ ।” प्रचण्ड नेतृत्वको सरकारले आर्थिक सुधारको क्षेत्रमा काम नगरेको उनले बताए । त्यसमा सरकार परिवर्तन गरेर नतिजा निकाल्नुपर्ने भनाइ कोइरालाको छ । यसअघि बुधबार दाङमा आयोजित एक कार्यक्रमका बीचमा कांग्रेस उपसभापति विमलेन्द्र निधिले पनि माधव नेपाललाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरेका थिए । गठबन्धनमा २ वर्ष प्रचण्ड प्रधानमन्त्री बनेपछि एक वर्ष माधवकुमार नेपाल र चुनावी सरकारको नेतृत्व कांग्रेसले गर्ने सहमति बनेको छ ।
माधव नेपाललाई तत्काल प्रधानमन्त्री बनाऔं : शशांक कोइराला
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।