जनकपुरधाम ।। नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले राजदरबार हत्याकाण्डबारे बोल्दा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विचार नपुर्‍याएको बताएका छन् । बिहीबार जनकपुरधाममा समाजवादी पत्रकार संघ धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले सो विषयमा बोल्दा कम्तीमा आफूसँग प्रधानमन्त्रीले सल्लाह गरेर बोलेको भए राम्रो हुने आशय व्‍यक्त गरे । अध्यक्ष नेपालले भने, ‘गिरिजा बाबु त मसँग बिनासल्लाह नगरी यस विषयमा बोल्नु हुन्थेन उहाँ कसरी अचानक बोल्नुभयो खै?’ एमाले अध्यक्ष केपी ओलीले समेत दिपेन्द्र हत्यारा होइन भनेर बोल्नुभयो नि ? भन्ने प्रश्नमा उनले ओलीजी पछि गृहमन्त्री र प्रधानमन्त्रीसमेत हुनुभएकाले सूचना पाएर नै हत्यारा को भन्ने संकेत गर्नुभएको हुनुपर्छ भनेर टिप्पणी गरे । ओलीले वंश बाँकी रहेकाहरुतर्फ संकेत गरेको अध्यक्ष नेपालले स्पष्ट पारेका छन्। राजतन्त्र अब मसानघाटको मुर्दा भइसकेकाको भन्दै अध्यक्ष नेपालले कसैले फर्काउन नसक्ने र फर्काउन पनि नदिइने चेतावनी दिए । नेपालले वर्तमान संघीय सरकारको एक वर्षको कामहरुको समीक्षा हुनुपर्ने कुरा गलत नभएको पनि बताए । पूर्वप्रधानमन्त्री नेपालले सरकारको कामको समीक्षा हुनुपर्ने यद्यपि गठबन्धन पाँचै वर्ष चल्ने र कसैले बिगार्न नसक्ने ठोकुवासमेत गरे। प्रधानमन्त्री प्रचण्डले कतिपय धेरै राम्रा कामहरु गरिरहेको समेत उनले दाबी गरे । प्रधानमन्त्री दाहालले केही दिन अघि २०५८ सालमा भएको दरबार हत्याकाण्डबारे सरकारले पुन: सत्यतथ्य छानविन गर्ने बताएका थिए ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here