रौतहट ।। रौतहट जिल्लाको गौरमा रहेको गौर राइस मिलको मैदानमा शुक्रवार भएको मैत्रीपूर्ण क्रिकेट खेलमा राजदेवी नगरपालिका बिजयी भएको छ !
राष्ट्रिय एकता दिवसको अवसरमा आयोजित मैत्रीपूर्ण क्रिकेट खेलमा गौर नगरपालिका क्रिकेट टीमलाइ १२ रनले पराजित गर्दै जनप्रतिनिधि र कर्मचारी सम्मिलित राजदेवी नगरपालिकाको टीम बिजयी भएको हो !
गौर नगरपालिकाका नगर प्रमुख शम्भू साह र राजदेवी नगरपालिकाका नगर प्रमुख भिखारी प्रसाद यादवले संयुक्त रुपमा उदघाटन गरेका मैत्रीपूर्ण क्रिकेट खेलमा पहिलो बल्लेबाजी गर्दै राजदेवी नगरपालिकाले निर्धारित १५ ओभरको खेलमा ३ विकेट गुमाउदै १४० रनको स्कोर खड़ा गरेका थिए !
राजदेवी नगरपालिकाबाट राकेश यादवले सर्बाधिक ५० रनको योगदान दिएका थिए भने गौर नगरपालिकाको तरफबाट निमित प्रमुख प्रशासकीय अधिकृत शुभाष ठाकुरले गेंदबाजी गर्दै २ बिकट लिन सफल भएको थियो !
राजदेवी नगरपालिकाले जितको लागि दिएको १४१ रनको लक्ष्यको पन्छयाउनको लागि बल्लेबाजी गर्न क्रीजमा उत्रेका गौर नगरपालिकाको टीमले १५ ओभरमा ७ बिकट गुमाउदै १२८ रन मात्र बनाएर मैचमा पराजित भएको छ !
उदघाटन समारोहमा राजदेवी नगरपालिकाका नगर प्रमुख भिखारी यादव , गौर नगरपालिकाका नगर प्रमुख शम्भू साह कानू , प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीले एकता दिवसको महत्त्व र खेलको महत्त्वबारे आ आफ्नो धरना राखेका थिए !
गौरी शंकर यादव फाउण्डेशन द्वारा आयोजना गरिएको गौरी शंकर यादव प्रीमियर लीग क्रिकेट प्रतियोगिताको फ़ाइनल खेल शनिवार राईस मिलको मैदानमा क्रान्तिद्वार ११ र सोवरनामाई ११ बिच हुने आयोजकले जनाएको छ !
मैत्रीपूर्ण क्रिकेट खेलमा राजदेवी नगरपालिका बिजयी
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।