बर्दिबास ।। महोत्तरीको मनरा सिसवा नगरपालिका–७ झिङगाथान पछबारी टोलबाट लाखौंको धनमाल लुटपाट भएको छ । बिहीबार राति घरेलु हथियारसहित पाँच जनाको सङ्ख्यामा आएका नकावधारी समूहले बैजु साहको घरमा लुटपाट गरको हो । समूहले घरका दुई जना महिला र चार जना केटाकेटीलाई कोठाभित्र थुनेर लुटपाट गरेको पीडितका नातेदार रैजु साहले बताउनु भयो । लुटेरा समूहको कुटपीटबाट घरका दुईजना महिला समेत घाइते छन् । आठ÷नौ तोला बराबरका सुन चाँदीका गहना, नगद ५० हजार गरी करिव १० लाखबढीको धनमाला लुटेको पीडितले जनाएका छन् । परिवारका तीन दाजुभाइ लामो समयदेखि वैदेशिक रोजगारीका लागि खाडी मुलुकमा गएकाले महिला र नाबालक मात्र रहेको मौका पारी लुटपाट गरेको पीडित परिवारले बताउनु भयो । हिन्दी भाषा बोल्ने लुटेरा समूहले कुरा गराइले उनीहरु निकटवर्ती गाँउकै बासिन्दा हुन सक्ने पीडित परिवारको अनुमान छ । मनरा सिसवाका नगर प्रमुख मोहन पाण्डेले राति घटेको लुटपाटको घटनाले नगर क्षेत्रको सुरक्षामा प्रश्न खडा गरेको बताउनु भयो । जिल्ला प्रहरी अपराध अनुसन्धान शाखाका प्रहरी निरीक्षक लोककृष्ण दहालले घटना स्थलमा प्रहरी परिचान गरी अनुसन्धान भइरहेको बताउनु भयो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here