वीरगंज ।। आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पुर्वमन्त्री प्रभु साहले प्रमुख दलका नेताहरुका कारण देश असफल भई आर्थिक संकट गहिरिँदै गएको बताएका छन् ।आजपाद्वारा पर्साको पोखरियामा आज आयोजित पार्टी प्रवेश एवं कर्याकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले मुलुकमा आर्थिक संकट गहिरिँदै गएका कारण विभिन्न समस्या देखा परेको बताए ।
`कांग्रेस, माओवादी, एमाले लगायत दलका नेताहरू सत्ता प्राप्तिको दौडमा हुनुहुन्छ । समृद्धि, सुशासन कसरी कायम गर्न सकिन्छ, नेपाली जनताका चाहना कसरी पूरा गर्न सकिन्छ भन्ने बारेमा सोच्ने उहाँहरुलाई फुर्सद छैन्´ आजपा अध्यक्ष साहले भने, `सत्तामा कसरी पुग्ने, सरकार बनाउने र ढाल्ने खेलमा लागेका नेताहरूले रोजगार सृजना गर्न सकेनन् । त्यसैले आज बेरोजगारी बढेको छ । भ्रष्टाचार, कुशासन बढेको छ । देशमा आर्थिक संकट गहिरिँदै गएको छ । रोजगार खोजिरहेका युवालाई सरकारले रोजगार दिन सकिरहेको छैन् । रोजगारकालागी बिदेश जन्छु भन्ने युवाहरूलाई सरकारले गोली हानेर हत्या गर्ने दृश्य हामी देखिरहेका छौं ।´यी नेताहरुको सत्ता मोहकै कारण यो व्यवस्था असफल भएको बताउँदै उनले समृद्ध नेपाल निर्माणका लागी प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय व्यवस्थामा जानुको विकल्प नभएको बताए ।
यो सरकार, दल तथा दलका मठाधिशहरु असफल भईसकेको बताउँदै अध्यक्ष साहले यो सरकार विघटन गरि अन्तरिम सरकार गठन गरेर देशलाई निकास र बिकास दिएर मुलुक समृद्ध बनाउन सकिने बताए ।
बैंकहरुले लिने गरेको मनोमानी ब्याज फिर्ता गर्नुपर्ने, लघुबित र सहकारीहरुबाट लिएको सम्पूर्ण ऋण मिनाहा तथा किसानहरुलाई सहुलियत कर्जा उपलब्ध गराउनुपर्ने लगायतका बिषयमा आजपाले आवाज उठाउदै आएको छ । यसलाई पुरा गराउन आजपाले घोषणा गरेको माघ १० गतेको मधेश बन्दको कार्यक्रमलाई सफल बनाउन आह्वान गरिएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here