रौतहट ।। रौतहट जिल्लाको यमुनामाई गाउँपालिकामा नया प्रमुख प्रशासकीय अधिकृतको रुपमा २ हप्ता पछि ओमप्रकाश यादव आइतबार हाजिर भएका छन ।
मङ्सिर २२ गतेमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निमित प्रमुख प्रशासकीय अधिकृत रामश्रेष्ठ राय यादवलाइ हटाएर प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएका ओम प्रकाश यादवलाइ कार्यालयमा हाजिर हुन गाउँपालिका अध्यक्ष मोहम्मद सऊदले अवरोध गरेपछि उच्च अदालत जनकपुर अस्थायी इजलास बीरगंजले दिएको आदेश अनुसार यादवले कार्यालयमा हाजिर भएका हुन ।
निमित्त नभइ प्रमुख प्रशासकीय अधिकृत हुनु पर्ने अड़ानमा रहेका वड़ा अध्यक्ष अश्विनी राय यादवका पक्षले यादवलाई हाजिर गराएका हुन ।
कार्यालयमा हाजिर हुन गएका यादवलाई गाउँपालिका अध्यक्षका समर्थकले कार्यालयका मुख्य गेटमा बसेर कार्यालय प्रबेशमा अवरोध सृजना गरे पनि अधिकृत यादव हाजिर हुनु भएको हो ।
३ नम्बर वड़ाका वड़ा अध्यक्ष शेख सगीर , वड़ा नम्बर २ का वड़ा अध्यक्ष सीताराम यादव र वड़ा अध्यक्ष नन्दलाल यादव लगायत बहुमत कार्यपालिका सदस्यहरुका समर्थकले प्रमुख प्रशासकीय अधिकृत यादवलाई हाजिर हुन दिने पक्षमा उभिएर विरोध प्रदर्शन गरेका थिए ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका पटक पटक कर्मचारी फेरिने कार्यका कारण रौतहटका बृन्दाबन नगरपालिका र फतुवा विजापुर नगरपालिकामा जनप्रतिनिधि विच बिबाद कायम नै रहेको छ ।
कर्मचारी फेरिने कार्यले गर्दा स्थानीय तहको प्रशाशनिक तथा विकाश निर्माणका कार्य समेत प्रभावित भएको छ ।
स्थानीय तहमा विकास निर्माणको गति बढाउन तथा सुशासन , भ्रस्टाचार नियंत्रण गर्न मन्त्रालयले कर्मचारी फेरिने कार्यलाइ नियंत्रण गरेर स्थायित्व दिनु पर्ने जरुरी रहेको छ ।
यस्तै प्रमुख प्रशासकीय विहीन आरहेको दुर्गा भगवती गाउँपालिकामा आजै निमित प्रमुख प्रशासकीय अधिकृतको रुपमा परमानन्द पाठक हाजिर भएको छ ।
उच्च अदालतको आदेश पछि अवरोधलाइ चिर्दै यादव हाजिर
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।