काठमाडाैं ।। राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा ६ जना न्यायाधीश नियुक्त गरेका छन् । बुधबार राष्ट्रपति पौडेलले सर्वोच्चमा रिक्त रहेका ६ पदमा न्यायाधीश नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिए ।
सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिलकुमार पोखरेल र बालकृष्ण ढकाल नियुक्त भएका हुन् ।
संसदीय सुनुवाइ समितिले बुधबार नै ६ जना न्‍यायाधीशको नाम सर्वोच्चमा अनुमोदन गरेको थियो। न्याय परिषदको सिफारिस अनुसार नै सर्वोच्च अदालतमा रिक्त पदमा न्यायाधीश नियुक्त भएको हो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here