बारा ।। बाराको सिम्रौनगढ नगरपालिकामा प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाएकोमा नेपाली कांग्रेसले आपत्ति जनाएको छ । बुधबार प्रहरीको गोली लागी एक जना प्रदर्शनकारीको मृत्यु भएको थियो । सो नगरपालिका ३२ वटा सामुदायिक तथा धार्मिक विद्यालयका १९० जना शिक्षकहरूले ६ महिनादेखि पारिश्रमिक नपाएको विषयलाई लिएर सिम्रौनगढ नगरपालिकाको मुख्य द्वारमा वितग दुई महिनादेखि शिक्षकहरू धर्ना बसेका छन् । यही विषयमा बुधबार प्रहरीले हस्तक्षेप गर्नुका साथै गोली चलाएको थियो । प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गरेपछि गोली चलाउनुपरेको प्रहरीले जनाएको छ । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिहीबार विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘शान्तिपूर्ण रुपमा धर्ना बसेका शिक्षकहरूमाथि सुरक्षाकर्मीबाट भएको निर्मम दमनको नेपाली कांग्रेस घोर निन्दा र भत्सर्ना गर्दछ ।’ कांग्रेसले उक्त घटनाको यथार्थ छानविन गरी दोषीलाई कडाभन्दा कडा कार्वाही गर्न, मृतकको परिवारलाई क्षतिपूर्ति तथा घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here