जनकपुरधाम ।। मधेश प्रदेशमा बाल श्रमिकको संख्या पौने दुईलाख रहेको छ । आसमान नेपालले सार्वजनिक गरेको तथ्यांक अनुसार मधेश प्रदेशका जिल्लाहरूमा बाल श्रमिकको संख्या १ लाख ७२ हजार रहेको छ ।
शुक्रबार जनकपुरधाममा आयोजना गरेको बालश्रमका लागि सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा कूल बाल श्रमिकमध्ये ५ वर्षदेखि १३ वर्ष मुनिका बाल श्रमिकको सङ्ख्या १ लाख २७ हजार रहेको आसमान नेपालका बालश्रम हेर्ने शाखाका प्रमुख दिपेन्द्र तिवारीले जानकारी दिए ।
१७ वर्ष मुनिका बाल श्रमिकको सङ्ख्या ४५ हजार रहेको छ । अधिकांश बाल श्रमिक कृषि, घरेलु, सार्वजनिक यातायात, निर्माण कार्य, बालुवा गिट्टी तथा साना होटलमा कार्यरत रहेका छन् । मधेश प्रदेशका जिल्लामा गरिबी, अशिक्षा, पारिवारिक कलह, अभिभावक ऋणमा डुब्नु, जग्गा विहिन हुनु, धेरै बच्चा हुनु, बालविवाह हुनु, अभिभावक विहीन हुनु, जन्म दर्ता नहुनु जस्ता कारणले बालबालिकाहरू श्रम गर्न बाध्य हुनुपरेको आसमानले ३ सय ६४ बाल श्रमिकसँग गरेको परामर्श बैठकबाट खुलेको छ ।
बाल श्रमिक मध्ये ८८ हजार बालक र ८५ हजार बालिका रहेका छन् । बाल श्रमिक मध्ये ५० हजार ९ सय उच्च जोखिम क्षेत्रमा कार्यरत छन् । कूल बाल श्रमिक मध्ये ९.८ प्रतिशत ग्रामीण क्षेत्रमा र १२.४४ प्रतिशत शहरी क्षेत्रमा रहेको आसमान नेपालले जनाएको छ ।
प्रदेश सरकारले पनि बालश्रम नियन्त्रणका लागि बालअधिकार ऐन प्रदेश सभामा पेश गरेको छ भने बालअधिकार ऐन २०७७ निर्माण गरेको छ । तर, अहिलेसम्म कार्यान्वयमा छैन ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here