बारा ।। बारा प्रहरीले हातहतियारसहित पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको सिम्रोनगढ नगरपालिका ११ भगवानपुर बस्ने ४० वर्षीय उपेन्द्र पटेल, २७ वर्षीय धिरेन्द्र पटेल, ६२ वर्षीय रुपलाल पटेल, रौतहटको बौधीमाई नगरपालिका २ बस्ने ४४ वर्षीय राजमंगल पटेल र ८० वर्षीय सोभा राउत रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । बिहिबार बिहान सिम्रौनगढ ११ भगवानपुर बस्ने उपेन्द्रले आफ्नो घर कोठामा अबैध रुपमा हतियार लुकाई छिपाई राखेको सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय सिम्रौनगढ बाराबाट खटेको प्रहरीको विशेष टोलीले घरको खानतलासी गर्दा कालो रंगको पोलिथिन झोला भित्र सेतो कपडाले बेरी लुकाई छिपाई राखेको अवस्थामा हातहतियार बरामद गरेको हो । प्रहरीले रिभाल्वर १ थान र त्यसको गाली ७ थान, नलकटुवा पेस्तोल १ थान र त्यसको गोली एक थान, केएफ १२ लेखिएको गोली जंगी राउण्ड २ थान बरामद गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएका छन् ।
बारामा हातहतियारसहित पाँच जना पक्राउ
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।