रुपन्देही ।। दुर्गामूर्ति विसर्जन गर्ने क्रममा नदीमा डुवेर बेपत्ता भएका युवा सन्तकुमार राजभर ३ दिनपछि मृत अवस्थामा भेटिएका छन् । रुपन्देहीको मर्चवारमा गएको मंगलबार दुर्गा मूर्ति विसर्जन गर्न गएका तीनमध्ये दुईजनाको मृत्यु भएको थियो । एकजना बेपत्ता भएका थिए ।  उनको शव बिहीवार फेला परेको रुपन्देही प्रहरीले जनाएको छ । डुवेकामध्ये २ जना केही समयमै मृत अवस्थामा फेला परेका थिए । तर कोटहीमाई वडा नं १ का २० वर्षीय युवा सन्तकुमार भने भेटिएनन् । वडा नम्बर १ र ५ को सीमानामा रहेको दुईमुहानमा डुबेर उनी बेपत्ता भएका थिए । मूर्ति विसर्जनकै क्रममा डुबेर सोही स्थानकै २४ वर्षीय अजयकुमार नाऊ र १८ वर्षीय अजय राजभरको मृत्यु भएको थियो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here