रौतहट।। रौतहटको मौलापुर नगरपालिकाका नगरप्रमुख रिनाकुमारी साहको पद गएको छ । मंगलबार निर्वाचन आयोगले एक सूचना जारी गर्दै प्रमुख साहको पद रिक्त भएको जनाएको हो ।
२०७९ सालको स्थानीय तहको निर्वाचनमा साह नेकपा एमालेबाट निर्वाचित भए पनि उनले दल त्याग गरी अन्य दलको सदस्यता लिएका कारण प्रमुख पद गएको निर्वाचन आयोगले जनाएको हो । अहिले उनी आम जनता पार्टीमा आबद्ध छिन् ।
साह आम जनता पार्टी गठन गरेका प्रभु साहकी पत्नी समेत हुन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here