जनकपुरधाम ।। नेकपा एमालेका मधेस प्रदेश इन्चार्ज योगेश भट्टराईले जसपा, लोसपा अब इतिहास बन्न लागेको बताएका छन्। कुनै समय एमालेलाई मधेसमा किनारा लगाउन अनेक किसिमको षड्यन्त्र भएको बताए।
बुधबार जनकपुरधाममा एमालेको मधेस प्रदेश अधिवेशनको उद्घाटन शत्रमा बोल्दै उनले अहिले मधेसमा एमाले नलखेटिएको बरु नम्बर एक पार्टी बनेको बतए ।
एमाले सचीव समेत रहेका भट्टराईले अब यो सत्ता शक्तिको संघर्षमा यो पाशा कांग्रेसले फेर्न नस्क्ने र जसपा तथा लोसपा ईतिहास बन्न लागेको बताए । उनले भने, ‘अब वर्तमान र भविष्य एमालेको हातमा छ। हिजो मधेसलाई बेचियो। मन्त्री बन्न यहाँको गरिबी बेचियो, यहाँको सामाजिक विभेदलाई बेचियो। महिलाहरु माथिको ज्यादतीहरु राजनीतिक शत्ताको आडमा दवाइयो ।’
उनले अब दलित तमाम पीडितको पार्टी एमाले रहेको बताए। इन्चार्ज भट्टराईले मधेसमा जातिय सद्भाव, धार्मिक सद्भाव कायम राख्ने जिम्मा एमालेको रहेको भन्दै कुनै अतिवाद स्वीकार न्हुने उनले बताए। यो गौतम बुद्धको भुमी रहेको भन्दै यहाँ अतिवाद नसिखाइएको बताए ।
भट्टराईले अहिले दुनियाँ सँग जित्नु रहेको भन्दै उत्तरको छिमेकी चीन, दक्षिणको छिमेकी भारत कहाँ पुगिसकेको भन्दै अहिले शमृद्धिसँग प्रतिस्पर्धा गर्नुपर्ने रहेको बताए ।





