रौतहट ।। स्थानीय तहमा कार्यरत कर्मचारीहरु पेन डाउन गरी आन्दोलनमा उत्रिए पछि रौतहटका १८ पालिकाका कामकाज प्रभावित भएका छन !

संघीय निजामती सेवा येनमा संशोधनको मांग राख्दै स्थानीय तहमा कार्यरत कर्मचारीहरु देश व्यापी रुपमा आन्दोलनको घोषणा गरेपछि स्थानीय तहमा कार्यरत रहेका कर्मचारीहरु पेन डाउन गरी धरनामा बसेका हुन ! स्थानीय तहमा कार्यरत रहेका कर्मचारीहरुले पेन डाउन गरी धरनामा बसेका कारण स्थानीय तहबाट प्रबाह हुने दैनिक सेवाका काम काज प्रभावित भएको हो ! रौतहटको राजदेवी नगरपालिका ,राजपुर नगर पालिका , माधव नगारायण नगरपालिका ,मौलापुर नगरपालिका , ईशनाथ नगरपालिका ,परोहा नगरपालिका , बौधिमाई नगरपालिका , गरुडा नगरपालिका ,बृंदाबन नगरपालिका ,गढ़ीमाई नगरपालिका , चंद्रपुर नगरपालिका , फतवा विजयपुर नगरपालिका , गुजरा नगरपालिका , यमुनामाई गाउपालिका , दुर्गा भगवती गाउपालिकाका कर्मचारीहरु आन्दोलनमा बसेका छन !

दवाव सृजना गर्ने उदेश्यले जारी रहेको आन्दोलनमा स्थानीय तहका कर्मचारीहरुले संघीय निजामती सेवा एनको सट्टा एकीकृत निजामती सेवा येन जारी गर , निजामतीको परिभाषा भित्र स्थानीय तहका कर्मचारीलाइ समेट्नु पर्ने ,स्थानीय तहमा कार्यरत कर्मचारीहरूको कर्मचारी कल्याण कोष अनिवार्य व्यवस्था , तिनै तहका कर्मचारीहरूको सामान बृति विकाश को व्यवस्था गरिनु पर्ने , स्थानीय तहको प्रमुख प्रसाशकीय अधिकृत पद स्थानीय सेवाको नै रहने व्यवस्था गर्नु पर्ने , लामो समय सम्म अस्थायी तथा करार दरबन्दीमा कार्यरत रहेको र तोकिए बमोजिमको शैक्षिक योग्यता भएको कर्मचारीलाई एक पटकको लागि उमेर हद नलाग्ने गरी लोक सेवा आयोगको सिमित आतंरिक प्रतियोगिताको माध्यमबाट स्थायी गर्ने र उक्त प्रक्रियाबाट स्थायी हुन नसकेका कर्मचारीलाई सेवा अवधीको आधारमा उपयुक्त सेवा सुविधा प्रदान गरी अवकाश दिने व्यवस्था गरिनु पर्ने लगायतका मांग अघि सारिएको छ !

राजदेवी नगरपालिकामा कार्यरत रहेका कर्मचारीले नेपाल सरकारले मांग सम्वोधन नगरे सम्म आन्दोलन जारी राख्ने बताएका छन ! स्थानीय तह कर्मचारी संघर्ष समितिले उठाएका मांग जारी हुन लागेका संघीय निजामती सेवा येन मा सम्वोधन गर्नु पर्ने आंदोलनरत कर्मचारी मनोज यादवले बताए ! उहाले बिभेदपूर्ण रुपमा जारी हुन लागेको येन संशोधन हुनु पर्ने धरना राखे ! स्थानीय तहमा कार्यरत कर्मचारी आन्दोलनमा बसेको कारण कार्यालयको दैनिकी प्रशासनिक कामकाजमा असर परेको प्रमुख प्रसाशकीय अधिकृत प्रलव कायस्थले बताएका छन !

ईशनाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भूदेव झा ले कर्मचारीहरुलाई आग्रह गरेर अतिआवशयक काम काज गराउनु परिरहेको बताएका छन ! आन्दोलनको कारण कार्यालयको कामकाज प्रभावित भएको कारण सेवाग्राहीहरुलाई समेत समस्या उत्पन्न भएको उल्लेख गरे ! पेन डाउन गरी आन्दोलनमा उत्रेका स्थानीय तहका कर्मचारीहरुको उचित मांगलाइ समावेश गरी सम्वन्धित निकाय ले छिटै निकास दिनु पर्ने आवश्यक रहेको छ !

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here