रौतहट ।। गौर नगरपालिकाका नगर प्रमुख शम्भु साहले रौतहटको सदरमुकाम र जेठे नगरपालिका भए पनि नयाँ र ग्रमिण भेगको पालिकाहरुबाट बजेट कम रहेको बताउनु भएको छ ।
गौर नगरपालिकाको वार्ड न ६ सबगढाको अधारभुत विद्यालयमा ईसिडी भ्ऋम् डिजिटल कक्षा उदघाट्न कार्यक्रमलाई सम्बोधन गर्दै, मेयर साहले आफु निर्वाचित संग शिक्षा क्षेत्रको सुधारमा सक्दो धेरै काम गर्ने प्रयास जारी राखेको बताउदै, पलिकामा बजेटको अभाव रहे पनि दातृ निकायहरु संग समन्वय गरि विद्यालय सुधारको लागि अग्रसर रहेको बताए ।
पहिलाका जति जनप्रतिनिधिहरु आएका छन कसैले पनि पालिकाको आन्तरिक आयको व्यवस्थापन गरेका छैन जस्को परिणाम गौर नगरपालिकामा झन बजेट कम रहदै आएको गुनासो व्यक्त गर्दै नगर प्रमुख साहले, आफुले पालिकालाई समृद्ध बनाउन कुनै कसर बाकीँ नराख्ने प्रतिवद्धता गरे ।
डिजिटल कक्षा आधुनिक शिक्षाको लागि अतिनै महत्वपूर्ण हुने मेयर साहले बताए । कार्यक्रममा उप प्रमुख शैलकुमारी साह सहितका उपस्थिति रहेकाे थियाे भन्ने वडा अध्यक्षा अवधविहारी साहकाे अध्यक्षातामा कार्यक्रम सम्पन्न भएकाे थियाे ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here