काठमाडौँ ।। आइतबार प्रतिनिधि सभाका बसेकाे बैठकमा जनता समाजवादी पार्टी नेपालका सांसद प्रदीप यादवले संघीयतालाई बलियो बनाउन प्रहरी समायोजन गर्नुपर्ने बताएका छन् । उनले प्रहरी प्रशासनलाई संघको मातहतमा राखेर संघीयता बलियो नहुने बताएका हुन् । उनले प्रदेश मातहतमा प्रहरी प्रशासन नदिएर संघीयता बदनाम भएको भन्दै संघीयतालाई बलियो बनाउन प्रदेशलाई प्रहरी दिनुपर्ने बताए । संघीयतालाई मजबुत बनाउने काम सरकारको भएको पनि सांसद यादवले बताए । केही तत्त्वहरूले ग्राण्ड डिजाइनमा प्रदेश खारेजीको जुलुस निकालिरहेको उल्लेख गर्दै संघीयता कसैको आशीर्वाद र हुकुम बक्सिसमा नआएको समेत सांसद यादवले बताए ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here