काठमाडाैं ।। १३ औँ संस्करणको विश्वकप क्रिकेट आजबाट सुरु हुँदैछ। भारतका विभिन्न १० सहरमा हुने यसवर्षको विश्वकप क्रिकेटको पहिलो खेल आज हुँदैछ ।
आजको पहिलो खेलमा साविक विजेता इंग्ल्यान्ड र उपविजेता न्यूजिल्यान्डबीच प्रतिस्पर्धा हुनेछ ।
आजको पहिलो खेल संसारकै सबैभन्दा ठूलो मानिएको अहमदावस्थित नरेन्द्र मोदी किक्रेट स्टेडियममा नेपाली समय अनुसार दिउँसो २ः १५ बजे सुरु हुनेछ । इंग्ल्यान्ड जोस बटलरको कप्तानीमा मैदान उत्रने छ भने न्यूजील्यान्ड केन विलियमसनको कप्तानीमा मैदान उत्रने छ। दुबै टोली विश्वकपका बलियो दाबेदार मानिन्छन् ।
१० राष्ट्र सहभागी सन् २०२३ को विश्वकपको आयोजक भारत हो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here