वीरगञ्ज ।। सशस्त्र प्रहरीले वीरगञ्जबाट ८ क्वीन्टल तस्करीको काजु बरामद गरेको छ। प्रहरीले सूचनाको आधारमा वीरगञ्ज महानगरपालिका–१० स्थित बजरंग टोलमा छापामारी काजु बरामद गरेको हो।
सशस्त्र प्रहरी बल नम्बर १३ गण हेडक्वार्टर पर्साबाट सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्र बहादुर सिंहको कमाण्डमा खटिएको टोलीले अवैध रुपमा भारतबाट ल्याइ लुकाइछिपाइ राखेको काजु बरामद गरेको हो।
बरामद गरिएको काजुको मूल्य सात लाख २० हजार रुपैयाँ बराबरको रहेको तथा आवश्यक कारबाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ। श्राेत – देशसञ्चार

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here