विराटनगर ।। नेकपा माओवादी केन्द्र नेतृत्वको समाजवादी मोर्चामा विवाद देखिएपछि कोशी प्रदेशको नाम नै नलेखी सोमबार बिराटनगरमा कार्यक्रम गरिएको छ।
समाजवादी मोर्चाको सन्देश सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित सत्तारुढ दलका नेताहरु उपस्थित थिए। तर उनीहरु उपस्थित कार्यक्रम ब्यानरमा कोशी नलेखी प्रदेश मात्रै राखिएको छ।
यसअघि हेटौंडामा भएको अर्को सन्देशसभामा भने ब्यानरमा समाजवादी मोर्चाले बागमती प्रदेश कमिटी भनेर लेखेको थियो । मोर्चाका सदस्य दलहरु जनता समाजवादी पार्टी, एकीकृत समाजवादी, माओवादीबीच कोशीबारे विवाद भएपछि नाम नै नलेखी कार्यक्रम गरिएको हो । कार्यक्रममा लागि बनाइएको सन्देश सभाको व्यानरमा कोशी लेखिएको थिएन। कार्यक्रमको आयोजकसमेत प्रदेश समिति मात्रै लेखिएको थियो।
सन्देश सभामा प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, नेकपा महासचिव विप्लव सी लगायत नेता सहभागी थिए । विराटनगरस्थित मनास्लु होटलमा भएको कार्यक्रमको ब्यानर र प्रचा सामाग्रीमा कहीँ पनि कोशी नलेखिएको हो । नेकपा एकीकृत समाजवादीका नेता महेश रेग्मीले कोशी लेख्दा विवाद हुने भएकाले ब्यानर र प्रचार सामाग्रीमा नाम नराखिएको बताए।
गत फागुन १७ गते प्रदेशको नामकरण हुँदा मोर्चाको प्रमुख घटक माओवादीले कोशीको पक्षमा मतदान गरेको थियो ।
मोर्चाको सदस्य एकीकृत समाजवादीले कोशीको विपक्षमा मतदान गरेको थियो। जसपाकी प्रदेश सदस्य निर्मला सुब्बाले मतदान गरेकी थिइनन् । प्रधानमन्त्री र पूर्वप्रधानमन्त्री सहभागी कार्यक्रममै प्रदेशको नाम नराखी का्यक्रम गर्नु संविधान नमान्नु जस्तै भएको बताए । कोशी प्रदेशको नामकरण गर्दा एमाले, नेपाली काङ्ग्रेस र माओवादी केन्द्रले कोशी नामको पक्षमा मतदान गरेका थिए । स्राेत – नेपाल खबर

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here