सांकेतिक तस्विर

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई स्टन्डबाजी छाडेर सुशासनको पक्षमा काम गर्न सुझाव दिएका छन् ।
तेजाव पीडितहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै सरकार नै तस्करीमा संलग्न भएको आरोप लगाए ।
उनले भने, ‘सरकारले स्टन्डबाजी गर्छ, सरकार तस्करीमा संलग्न हुन्छ र संरक्षण गर्छ । कमिसनखोरीमा डुब्छ जनताको समस्या हुन्छन् तर ती कुराहरू देख्दैन । स्टन्डबाजी छाडेर जनताको समस्या समाधान गरेर सुशासनको बाटोतर्फ लाग्ने काम गर्नुस् ।’
नेपाली नेपालीबीच जात, भाषा, धर्म, सम्प्रदायको नाममा र आस्थाको नाममा द्वन्द्व र अस्थिरता मच्चाउन खोजेको बताए । कुटनीतिज्ञहरू कुटनीतिक मर्यादा नाघेर विभिन्न भेटघाटमा लागेको ओलीको टिप्पणी छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here