काठमाडौं ।। मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अमेरिका भ्रमण स्वीकृत गरेको छ। संयुक्त राष्ट्रसंघको ७८औं महासभामा भाग लिन प्रधानमन्त्री प्रचण्ड अमेरिका भ्रमणमा जान लागेका हुन् ।
राष्ट्रसंघको ७८औं महासभा आगामी सेप्टेम्बर ५ तारिखदेखि अमेरिकाको न्यूयोर्कमा सुरु हुँदैछ। प्रधानमन्त्री प्रचण्ड नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै महासभामा भाग लिनेछन् ।
बुधबार बसेको मन्त्रीपरिषदको बैठकले प्रचण्डको भ्रमण स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।





