काठमाडौँ ।। ललिता निवास जग्गा घोटाला प्रकरणमा अनुसन्धान व्यूरो (सीआईबी) ले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र (नेसपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईसँग बयान लिएको छ । भट्टराईले आफूलाई प्रकरणबारे थाहा भएको सत्यतथ्य सिआइबीका अधिकारीहरूलाई बताएको सेतोपाटी जानकारी दिए ।
‘हो, मैले बयान दिएको हो। मैले जानेबुझेको र सत्यतथ्यको जानकारी दिएको छु,’ उनले भने,‘मैले यसअघि भन्दै आएका कुरा उहाँहरूलाई पनि भनेको हुँ।’
भट्टराईले त्यतिबेला आफूलाई थाहा भएको सबै विवरण सिआइबीका अधिकारीलाई जानकारी गराएको नेकपाका केन्द्रीय सदस्य विश्वदीप पाण्डेले जानकारी दिए।
‘हिजो (आइतबार) साँझ ५ बजे भट्टराईले सिआइबीका अधिकारीलाई घरमा बोलाएर त्यतिबेला आफूलाई थाहा भएको विवरण बताउनुभएको छ,’ उनले भने । सीआईबीकी प्रमुख आईजी किरण बज्राचार्यले नेपालसँग पनि बयान लिइएको जानकारी दिइन् । सीआईबीले साउन २८ मा पूर्व मुख्य सचिव लीलामणि पौड्यालसँग बयान लिएको थियो। बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा पौड्याल मुख्य सचिव थिए । ललिता निवासको सरकारी जग्गा नक्कली मोही खडा गरेर व्यक्तिका नाममा दर्ता गर्ने प्रकरणमा सिआइबीले अनुसन्धान गरिरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here