काठमाडौँ ।। गृहमन्त्री नारायणकाजी श्रेष्ठले ६१ किलो सुन तस्करीको अनुसन्धान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले नै टुंगोमा पुर्‍याउने बताएका छन्।
आइतबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। सुन प्रकरणको सम्बन्धमा सिआइबीले अनुसन्धान गरिरहेको र सिआइबीले नै यसलाई टुंगोमा पुर्‍याउने उनको दाबी छ। उनले संसद् गतिरोध अन्त्य गर्ने सन्दर्भमा छलफल सकारात्मक भएको बताए ।
उनले भने, ‘संसदको अवरोध अन्त्य गर्ने सन्दर्भमा बैठक केन्द्रित थियो। राम्रोसँग छलफल भएको छ, आज नै निस्कर्षमा पुगेको छैन। तर छलफल सकारात्मक छ। हामीलाई विश्वास छ, भोलिसम्ममा निस्कर्ष सकारात्मक निस्केला र पर्सिसम्ममा सदन खुल्ला कि भन्ने आशावादी छौँ। सुन प्रकरणको सम्बन्धमा सिआइबीले अनुसन्धान गरिरहेको छ। सिआइबीले नै यसलाई टुंगोमा पुर्‍याउने छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here