राैतहट ।। राैतहटकाे सदरमुकाम गौर नगरपालिका ६ सवगढामा विहिवार नगर प्रमुख शम्भु साहले निरिक्षणा गरेका छन् । एक हप्ता अघि अविरल बर्षा र नदीमा आएको बाढीका कारण गाउँ, खेत र चौर जलमग्न भएको थियो । बाढी गए पनि खेत चौरमा रहेको पानी धेरै दिन देखि निकास नभएकोले खेतमा लगाईएकाे अन्नबालीहरु सडन थालेका छन् । गाई भैंसी जस्ता जनावरहरूको चरण क्षेत्र पनि नष्ट भएको छ । पानी निकास नभएकाेले किसानलाई चिन्तित बनेका छन्। पानी निकास नहुदा सर्वसाधारण टोलवासीहरु प्रभावित समेत बनेका छन।
नगर प्रमुख साहले जमेको पानीको निकास चाडै नै हुने बताएका छन् । स्थानियसँग कुरा गर्दै प्रत्येक बर्ष वर्षा तथा बाढीको कारणले हुने क्षती तथा पानीको निकासको लागि माथिल्लो निकायसंग कुरा गरि सधैंको लागि पानीको समस्या समाधान गरि नाला नहरीको ब्यवस्थापन गरिने अाश्वासन दिए।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here