पोखरा ।। पोखरामा २४ तोला सुनसहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामले २४ तोला सुनसहित झापाको बिर्तामोड नगरपालिका–१ घर भई काठमाडौँ बस्ने ४५ वर्षीया कल्पना गुरुङलाई पक्राउ गरेको हो ।
प्रहरीले काठमाडौँबाट पोखरा आउने क्रममा उनलाई पृथ्वीचोकबाट नियन्त्रणमा लिएको हो ।
बैदाम प्रहरी कार्यालय प्रमुख डीएसपी वेद जोशीले यसबारेमा अनुसन्धान भइरहेको जानकारी दिए ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।