रौतहट ।। रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ मा विधुतको पोलमा बाँधेर कुटपिट गरेको आरोपमा रौतहट प्रहरीले एक जनालाइ पक्राउ गरेको छ ।
सामान्य विषयमा शुक्रवार बिबाद भएको निहुमा स्थानीय २० वर्षीय प्रिन्स अंसारीलाइ बिधुतको पोलमा बाँधेर कुटपिट गरेको विडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि घटनामा संलग्न भएको आरोपमा सोही वड़ा निवासी सहीद अंसारीलाइ प्रहरीले पक्राउ गरेको हो ।
शुक्रवार सहीदको छोरा र मेरो भाई प्रिन्स अंसारी बिच आइसक्रीम खरीद गर्ने विषयमा भएको विबादलाइ लिएर घरमा कोही नभएको मौकÞा छोपेर शनिवारका दिन बिधुतको पोलमा हात बाँधेर प्लास्टिकको पाइपले निर्मम तरिकाले कुटपिट गरेको पीडि़तका दाई इलियास अन्सारीले आरोप लगाएका छन ।
वड़ा अध्यक्ष अव्दुल ताहिरको अगाडी नै हातिम अंसारी ,आबिद अंसारी साजिद अंसारी ,आश मोहमद र सोनू अन्सारीले कुटपिट गरेको दावी गरेका छन । सार्वजनिक रुपमा मानिसलाइ बाँधेर कुटपिट गर्नु कानून विपरीत कार्य भएकोले दोषी ऊपर कÞानूनी कार्यवाही गर्नु पर्ने मांग समेत गरेका छन ।
घटनामा संलग्न भएको आरोपमा पक्राउ परेको एकजना माथि अभद्र व्यव्हार मुद्दा दर्ता गरी कÞानूनी प्रक्रिया अगाडी बढ़ाइएको प्रहरी उपरीक्षक बीर बहादुर बूढ़ा मगरले बताएका छन ।
लागू औषध सेवन गरेर चक्कू लिएर घुम्दै गरेको कारण नियंत्रणमा लिनको लागि यस्तो गरिएको सुन्नमा आएको बताउँदै यस्तो कार्य नगर्नु पर्नेमा अमानवीय र कानून विपरीतको कार्य भएकोले दोषी माथि कार्यवाही हुने प्रहरी उपरीक्षक मगरले प्रतिवद्धता जनाएका छन ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here