काठमाडाैं ।। नेपाली कांग्रेसका मधेश प्रदेश सभापति कृष्ण यादवले पार्टीको क्रियाशील सदस्यता अनलाइन प्रणालीबाट दिन नहुने धारणा राखेका छन् ।
बुधवार पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै उनले पार्टीको क्रियाशील सदस्यता अनलाइन प्रणालीबाट दिँदा घुसपैठ हुनसक्ने बताए । अनलाइन सदस्यता दिने विषयमा पुनःविचार गर्नुपर्ने उनले बताए ।
प्रदेश समितिलाई जिम्मेवारीविहीन बनाइएको भन्दै बाइपास नगर्न उनले आग्रह गरे । ‘मधेश भनेको नेपाली कांग्रेसको जननी हो । मधेशबाट कांग्रेसको जन्म भएको हो,’ उनले भने, ‘जबजब मधेश बलियो भएको छ, तब कांग्रेस सत्तामा गएको छ ।
अनलाइनबाट सदस्यता दिएर कांग्रेसलाई सिध्याउने खेल छ । कांग्रेसलाई आघात पर्छ भन्ने मलाई डर लागेको छ,’ उनले भने, ‘यसमा सचेत भएर हामी प्रक्रिया मिलाएर अगाडि बढ्नुपर्छ ।’
लुम्बिनी प्रदेश सभापति अमरबहादुर पुनले पनि कांग्रेसको संगठनात्मक कार्ययोजनामा प्रदेश समितिलाई जोड्ने काम नभएको गुनासो गरे ।
केन्द्रीय नेताहरूले प्रदेशलाई कमजोर बनाउन लागेको उनको आरोप छ ।
बागमति प्रदेश सभापति इन्द्रबहादुर बानियाँले सरकार र पार्टीबीच समन्वय हुन नसकेको बताए । सरकार र पार्टीबीच आपसी सहकार्य हुनुपर्नेमा उनले जोड दिए । उनले कांग्रेसको कार्ययोजना र सांगठनिक तालिकामा प्रदेश समितिलाई नजोडिएको भन्दै असन्तुष्टि व्यक्त गरे । बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले सरकार र पार्टीबीचमा समन्वय हुन नसकेको बताए। उनले सरकार र पार्टीबीच आपसी सहकार्य हुनुपर्नेमा जोड दिए।
कांग्रेसका प्रदेश सभापतिहरु आक्रोशित
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।