काठमाडौं ।। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सत्तापक्षलाई दादागिरी नदेखाउन चेतावनी दिएका छन् । प्रतिनिधि सभाको आजको बैठकमा रास्वपाका सांसद शिशिर खनालले दिएको अभिव्यक्तिप्रति सत्तापक्षका सांसद्ले नियमापत्ति जनाएपछि प्रतिरोधमा उत्तिएका लामिछानेले प्रधानमन्त्रीले बोल्न मिल्ने शब्द सांसदले बोल्न नमिलेको भन्दै सत्तापक्षको दादागिरीविरुद्ध डटेर प्रतिरोध गर्ने चेतावनी दिएका हुन् ।
उनले भने,‘प्रधानमन्त्रीले रोष्ट्रममा उभिएर सोही शब्द भन्दा केही नहुने, दृष्टान्तस्वरूप हाम्रो सांसदले भनेको शब्द हटाउने भए हटाऔं ठीक छ । त्यसो भए प्रधानमन्त्रीले भनेको शब्द पनि हटाऔं । हामीलाई केही आपत्ति छैन । सत्तापक्ष पेलेर जान खोज्छ भने थाहा होस् सत्तापक्षको सदन होइन । प्रतिपक्षको सदन हो । प्रतिपक्षको उपस्थितिलाई सत्तापक्षले दादागिरी देखाउन नखोजोस् ।’ माओवादी सांसदहरूले गरे विरोध

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here