जनकपुर ।। महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) एक मन्त्रालयसहित मधेस प्रदेश सरकारमा सहभागी भएको छ।
मुख्यमन्त्री सरोजकुमार यादवले लोसपा सांसद रमेशप्रसाद कुर्मीलाई वन तथा वातावरण मन्त्री नियुक्त गरेको हुन् ।
तत्काल एक मन्त्रालयसहित आफूहरु सरकारमा सहभागी भएको लोसपा संसदीय दलका नेता अभिराम शर्माले जानकारी दिए ।
कुर्मी पर्साको निर्वाचन क्षेत्र नम्बर–२ (ख)बाट निर्वाचित छन् । साँझ ५ बजे नवनियुक्त मन्त्री कुर्मीले शपथ लिने छन् ।
यसअघि मुख्यमन्त्री यादवले ९ जेठमा कांग्रेसका दुई र नेकपा एसका एक गरी तीन जनालाई मन्त्री नियुक्त गरेका थिए।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।












