रौतहट ।। रौतहट जिल्लाको राजपुर फरहदबा भारतीय मलखादको तस्करीको हब बन्दै गएको छ ।
खुल्ला सिमानाको फायदा उठाउदै भारतबाट कम मूल्यमा तस्करी गरी मलखाद भण्डारण गर्ने गरेकोले तस्करीको हब बन्दै गएको हो । एक हप्तामा १८ सय भारतीय यूरिया ,डीएपी .पोटास लगायतका खाद प्रहरीले छापामारी गरेर बरामद गरी सकेको छ ।
गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय गौर बाट खटि गएको टोलीले राजपुर नगरपालिका ६ पानी टयांकी स्थित शेख अन्सारुलको घरमा ललन जैस्वालले सञ्चालन गरेको गोदाम र सोही ठाउ बसने इरफान खानको घरमा वड़ा नंबर ८ बलुवा निवासी सुकूत सेख धुनियाले सञ्चालन गरेको गोदाममा छापामारी गरी ४७८ बोरा खाद बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बरामद भएको ४७८ बोरा मलखादको ४ लाख ६३ हजार ६६० रुपैया मूल्याङ्कन गरी कार्यवाहिको लागि जिल्ला भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।
यस अघि बैशाख २९ मा राजपुर नगरपालिका वड़ा नम्बर ५ बाट हवाई फायर गर्दै १ हजार ३ सय ६ बोरा तस्करीको मलखाद बरामद गरी जिल्ला भन्सार कार्यालयमा बुझाउदा भन्सारका कर्मचारीहरुले मिलोमातो गरी २० लाख भन्दा बढ़ीको खाद १० लाख २ हजारमा ललन जैस्वालले सञ्चालन गरेको जय मा दुर्गे इंटर प्राइजेज राजपुरलाइ दिएको थियो ।
ज्यान जोखिममा राखेर नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलले बरामद गरी ल्याएको ८०३ बोरा यूरिया , ४७९ बोरा डीएपी र २४ बोरा पोटासको आर्थिक चलखेल गरी कम मूल्यमा लीलामी गरेको मुद्दा सेलाउदै नपाउदै फेरी प्रहरीले त्यही गाउ बाट ४७८ बोरा खाद समातेर जिल्ला भन्सार कार्यालयलाइ बुझाएको छ ।
भारतीय सिमाना संघ जोडिएर रहेको बंजरहा , औरैया ,मठिया , लत्मरÞी, घिउरा खाप ,महुलिया नाकाबाट प्रहरी कै संरक्षणमा तस्करहरुले भारतबाट रासायनिक मल देखि लिएर स्टेशनरीको सामग्री , सुर्ती , मसेनरी पार्ट पुर्जाको तस्करी हुने गरेको पाइएको छ ! समाचार स्रोतका अनुसार राजपुरमा राम्रो सित प्रहरीले सर्च अभियान चलायो भने चर्को मूल्यमा विक्री गर्ने उदेश्यले हजारो बोरा मलखाद लुकाएर राखिएको आशंका रहेको छ
तस्करीको हब बन्दै राजपुर ,एक हप्ता भित्रै १८ सय बोरा खाद बरामद
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।