काठमाडौं ।। नेकपा एमालेका नेता टोपबहादुर रायमाझी सांसद पदबाट निलम्बित भएका छन्। सभामुख देवराज घिमिरेले सोमबारको प्रतिनिधिसभा बैठकमा रायमाझी सांसद पदबाट निलम्बित भएको जानकारी गराएका हुन्।
आइतबार बुढानिलकण्ठस्थित आफन्तको निवासबाट पक्राउ परी सोरहखुट्टे प्रहरी हिरासतमा रहेका रायमाझीका बारेमा प्रहरीले आज संसद सचिवालयलाई औपचारिक जानकारी दिएको हो। सो जानकारीपछि सभामुख घिमिरले उनी पक्राउ परेका संसदलाइ जानकारी गराएका हुन्।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।












