काठमाडौं ।। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद् डा. स्वर्णिम वाग्लेले हिलेको अर्थतन्त्रले सर्जरी खोजिरहेको भन्दै झारफुक गरेर नहुने टिप्पणी गरेका छन् । सांसद् वाग्लेले अर्थतन्त्रले लय गुमाइरहेको बेला आर्थिक वृद्धिको विषय उठ्नु उपयुक्त नभएको बताएका हुन्।
वाग्लेले भने, ‘अर्थमन्त्री भन्नुहुन्छ, आर्थिक वृद्धि गराइदिन्छु, सुशासन दिन्छु, संघीयताको सबलीकरण गर्छु, सामाजिक न्याय दिन्छु, निजी क्षेत्रको साथ लिएर अघि बढ्छु। त्यही पनि किन खल्लो छ? आज माहोल। किन हामी उत्साहहीन कर्मकाण्डमा सामेल भइरहेको जस्तो अनुभूति भइरहेको छ। यो यथास्थितिवादी निबन्धले सम्पूर्ण निति, योजना, बजेट निर्माण र शासकीय प्रक्रिया नै अविश्वसनीय भइरहँदा सच्चिने, सुधार्ने बाटो हामी खोजिरहेका छैनौं।’
कर्जा, लगानीबीच ठूलो भ्वाङ रहेको बताए । वाग्लेले भने, ‘छोटो छोटो समयमा ठूलो ठूलो प्रगति गर्नुछ। विकासका लागि वित्त तलमाथि परिरहेको छ। अनुदानहरू सुकिरहेको छ। यी कुराहरू झल्किउन् भन्ने हो। नीतिगत भ्रष्टाचार र आर्थिक कुशासनलाई हल गर्ने खालको बजेट अहिलेको आवश्यकता छ।’

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here