लण्डन ।। बेलायती राजा चार्ल्स तृतीयको राज्याभिषेक भएको छ। चार्ल्स तृतीयले वेस्टमिनिस्टर एबीमा आयोजित विशेष समारोहबीच राजमुकुट ग्रहण गरेका छन् ।
उनलाई क्यान्टरक्युरी जस्टिन वेलबाईका आर्कशपले सेन्ट एड्वार्डज क्राउन शनिबार बेलायती नरेश चार्ल्सको शिरमा राज्याभिषेक समारोहबीच पहिराइदिएका हुन् ।
वेस्टमिन्स्टर एबीमा भएको समारोहमा उनलाई क्याटरबरीका आर्कबिसपले मुकुट पहिर्याइदिएका हुन्। आर्कबिसपले ३६० वर्ष पुरानो सेन्ट एडवर्डको मुकुट राजाको शिरमा लगाउँदै घोषणा गरे, ‘ईश्वरले राजाको रक्षा गरुन्!’
त्यस्तै, रानी क्यामिलियालाई पनि मुकुट पहिर्याइएको छ। सो समारोहमा दुई हजारभन्दा बढी अतिथिहरु उपस्थित छन्। राज्याभिषेकलगत्तै विश्वनेताहरुले राजारानीलाई बधाई दिने क्रम सुरु भएको छ।





