रौतहट ।। जनता समाजवदी पार्टी नेपालको बर्गीय संगठनको रुपमा रहेका प्रेस मंच नेपाल रौतहटको प्रथम जिल्ला अधिबेशन सोमबार रौतहट जिल्लाको सदरमुकाम गौर स्थित रहेको रौतहट जिल्ला अदालत बार एशोसिएसनको सभाहलमा संपन्न भएको छ ।
प्रेस मंच नेपालको केन्द्रीय सदस्य रबिन्द्र प्रसाद साहको प्रमुख आतिथ्यमा संपन्न भएको जिल्ला अधिबेशनबाट किशोरी यादवको अध्यक्षतामा १५ सदस्य नया जिल्ला कार्य समिति गठन गरिएको छ ।
सर्व सहमतिबाट गठन गरिएको जिल्ला कार्य समितिको महिला उपाध्यक्षमा रश्मि पटेल ,पुरुष उपाध्यक्षमा ओम प्रकाश यादव ,अरविन्द यादव राज नारायण पटेल , सचिवमा चन्दन कुमार महतो ,सह सचिवमा श्रीकान्त यादव , दीपक कुमार सराफ , कोषाध्यक्षमा प्रेम यादव , सदस्यमा भूषण सिंह , प्रियंका सिंह , प्रदीप यादव , जीतन हलचल ,राजन साह सोनार रहेका छन ।
जिल्ला अधिबेशनको उदघाटन सत्रमा जनता समाजवादी पार्टी नेपालका राजनितिक सलाहकार समितिका सदस्य एवं पूर्व प्रदेश सभा सदस्य राम किशोर यादव , पूर्व राज्य मंत्री योगेन्द्र राय यादव , प्रदेश सभा सदस्य शोभा देवी साह , बार एसोशिएसनका अध्यक्ष नन्द किशोर साह , जिल्ला अध्यक्ष श्याम बिहारी यादव , प्रेस मंच नेपालका प्रदेश अध्यक्ष अभेन्द्र यादव , महासचिव बन्दना झा लगायतका वक्ताहरुले आ आफ्नो शुभकामना मंतव्य राखेका थिए ।
प्रेस मंचको प्रथम अधिबेशनबाट अध्यक्षमा यादव
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।