रौतहट ।। लोकतान्त्रिक समाजवादी पार्टी नेपाल जिल्ला कार्य समिति रौतहटले गौर वड़ा नम्बर ३ स्थित बीपी चौकमा निर्माण हुन लागेको घण्टाघरको नामांकरण परिवर्तन गर्न ज्ञापन पत्र बुझाएका छन ।
लोसपा पार्टीका जिल्ला स्तरीय नेताहरुको संयुक्त टोली सामूहिक रुपमा गौर नगरपालिकामा गएर नगर प्रमुख शम्भू साहलाइ मधेश आन्दोलनको केन्द्र विन्दु हुनुको साथै चौकमा आन्दोलनको क्रममा मधेशी वीर सहीद सहादत प्राप्त गरेकोले चौकको नाम मधेशी क्रान्ति चौक राख्नको लागि ज्ञापन पत्र बुझाएका हुन ।
जिल्ला अध्यक्ष लीला साह द्वारा हस्ताक्षरित ज्ञापन पत्रमा मधेश आन्दोलनका शहीदहरुको सम्मानको लागि त्यों चौकको नाम मधेशी क्रान्ति चौक हुनु पर्ने जिकिर गरिएको छ ।
पहिला देखि स्थापना गरिएको कांग्रेसका नेता बीपी कोइरालाको शालिकलाइ पहिलो मधेश आन्दोलनको बेला आंदोलनकारीहरुले शालिक तोड़ेका थिए ।
बीपी कोइरालाको शालिक राखेको कारन वीपी चौकको नाम ले प्रसिद्द भएको सो ठाउमा गौर नगरपालिकाले घण्टाघर निर्माण गर्न लाग्दा मधेशी शहीदको भावना विपरीत हुने भएकोले मधेशी क्रान्ति चौक नाम उपयुक्त हुने लोसपाका नेता अनिल कुमार सिंह को तर्क रहेका छन ।
बीपी चौक चलन चलतीमा रहेका चौकमा घण्टा घर निर्माण भएपछि चलन चलतीमा घण्टा घर चौक हुनसक्ने छन । मधेश आन्दोलनको शहीदहरुको नाममाँ चौकको नामकरण गरिएन भने त्यसको विरुद्ध संघर्षमा उत्रिने समेत ज्ञापन पत्र मार्फत चेतावनी दिइएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here