काठमाडौं ।। उपराष्ट्रपति पदमा नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दर्ता गरेकी छन् । शनिबार सङ्घीय संसद् भवन नयाँ बानेश्वरस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन कार्यालय पुगेर उहाँले उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराउनुभएको हो ।
शाक्यका प्रस्तावक एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, नेताहरू छविलाल विश्वकर्मा, रघुवीर महासेठ र गोकर्ण विष्ट हुनुहुन्छ । उहाँको उम्मेदवारीको समर्थकमा महेश बर्तौला, तुलसा दाहाल, कृष्णगोपाल श्रेष्ठ, भगवती न्यौपाने र यशोदा रिजाल रहनुभएको छ ।
उम्मेदवारी दर्ता गराउने क्रममा उहाँसँगै एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष सुवासचन्द्र नेम्वाङसहितका नेताहरू संसद् भवन पुग्नुभएको छ ।यसअघि जसपाका रामसहायप्रसाद यादव र प्रमिला कुमारी यादवको पनि उम्मेदवारी दर्ता भइसकेको छ। उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ गते शुक्रबार हुँदैछ ।https://sangamkhabar.com.np/archives/28524

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here