काठमाडाैं ।। नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले मुलुकले वामपन्थी एकता खोजिरहेको बताउनुभएको छ । सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रसहित उहाँको पार्टीसमेतले काँग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई राष्ट्रपतिमा समर्थन जनाएको भोलिपल्टै खनालले वाम एकताको पक्षमा अभिव्यक्ति दिनुभएको छ ।
आज बिहान सुर्खेत पुग्नुभएका खनालले सुर्खेत विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै आठ दलीय गठबन्धनले मुलुकमा गुणात्मक परिवर्तन ल्याउने कुनै सम्भावना नरहेको पनि दाबी गर्नुभयो । सत्ता समीकरणमा हेरफेरबाहेक मुलुकको हितमा उल्लेख्य फरक पार्न नसक्ने उहाँको टिप्पणी छ ।
‘अझै गठबन्धन कति बन्ने हुन्, कति भत्किने हुन यकिन छैन,’ नेता खनालले भन्नुभयो, ‘सत्तामोह बढी भएका पार्टीहरू नयाँ–नयाँ गठबन्धनमा लागिरहन्छन्, यसले त्यति फरक पार्दैन ।’ त्यसक्रममा उहाँले वामपन्थीहरूभित्र अरू नै ‘पन्थ’ हाबी भएको पनि बताउनुभयो । तत्काल सबै वाम घटकहरु एक ठाउँमा उभिने सम्भावना नरहेको उहाँको भनाइ छ । नेता खनालले एमालेले राष्ट्रपति पदमा आफ्ना उम्मेदवार सुवासचन्द्र नेम्वाङको पक्षमा मत माग्दै पत्र पठाएको विषयमा पार्टी बैठकमा छलफल हुने जानकारी दिनुभयो ।
खनाल यसअघि एमाले र माओवादीबीच भएको गठबन्धनप्रति पनि त्यति सन्तुष्ट देखिनुभएको थिएन ।

Previous articleMan4man Com GaysMates.com
Next articleमलाई प्रचण्डले मलाई धोका दिए-ओली
सुमिन्त्रा मिडिया प्रा.लि. गौर रौतहटद्वारा संचालित याे संगम खवर नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनु भएकोमा धन्यवाद । समाचारको लागि +977-9845134379 फोन गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here