रौतहट ।। डिभिजन बन कार्यालय रौतहटको आयोजनामा विहिवार संचारकर्मीहरु संगको समन्वय बैठक डिभिजन बन कार्यालय चन्द्रनिगाहपुरमा संपन्न भएको छ ।
सर्व साधारण जनताको आधारभूत आवश्यकता एवं हितलाइ ध्यानमा राखी घरकाज ,जनसहभागिता द्वारा गरिने विकास निर्माण कार्य ,दैवी प्रकोप तथा कृषि औजारको लागि सरल र सहूलियत दरमा काठ दौरा उपलब्ध गराउने बारे जानकारी दिने उदेश्यले समन्वय बैठकको आयोजना गरिएको थियो ।
बैठकमा सहभागी भएका विभिन्न संचार माध्यममाँ आवद्ध संचारकर्मीहरुलाई डिभिजन बन अधिकृत सुनील कुमार कर्णले जिल्ला बन पइदार आपूर्ति समितिको गठन भई कार्ययोजना समेत पारित भइसकेकोले काठ दौराको बितरण हुने जानकारी गराएका छन ।
मधेश प्रदेश सरकारले कार्य योजना पारित गरिसकेकोले काठ आपूर्तिको लागि खुल्ला गरिने बताए । घरकाज ,दैवी प्रकोपमाँ परेकाहरुले काठको लागि दर्ता गराएको निबेदनको संख्या बढ़ी रहेकोले दर्ता क्रम संख्या अनुसार काठ उपलब्ध गराउने बताए ।
२० देखि २५ जनाको विबरण सार्वजानिक गरेर ७ देखि १० दिनको समय दिने र सही अवधिमा मांग भए अनुसारको काठ दौरा उपलब्ध गराउने प्रमुख कर्णले जनाए ।
समितिबाट रेट समेत निर्धारण गरिएको छ ! उनले भने सरकार द्वारा व्यवस्थित बन , सामुदायिक बन , साझेदारी बन ,चकला बन र अन्य डिभिजन बन कार्यालयबाट काठ दौराको उपलब्ध हुने स्रोत रहेको छ ! २ लाख क्यू फिट काठ उपलब्ध रहेकोले उपभोक्तालाइ सहज रुपमा आपूर्ति हुन सकिने बताए ।
घरकाजको लागि साल ए ग्रेडको १८५१ घन फिट , बी ग्रेडको १३४२ रुपैया ७२ पैसा , सी ग्रेडको १००३ रुपैया ७२ पैसा र डी ग्रेडको लागि ५७९ रुपैया ९७ पैसा घन फिट बिक्री मूल्य निर्धारण गरिएको छ भने घरकाज धार्मिक कार्यको लागि दौराको मूल्य सालको २८ हजार चट्टा , सिसौ २९ हजार चट्टा र अन्य जातका २३ हजार ५ सय रुपैया चट्टा , शव दाह संस्कारको लागि सालको दौरा २५ हजार चट्टा र अन्यको २२ हजार रुपैया चट्टा मूल्य तोकिएको अधिकृत कर्णले जानकारी दिएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here